आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बाढीपहिरोमा परेर देशभर १०० जनाको मृत्यु, ६७ वेपत्ता


    हुलाक प्रेस

    • आइतबार, असोज १३ २०८११०:००
    बाढीपहिरोमा परेर देशभर १०० जनाको मृत्यु, ६७ वेपत्ता
    फाइल तस्वीर

    काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् ।

    बाढीपहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा पाँच, पाँचथरमा पाँच, भक्तपुरमा पाँचजनाले ज्यान गुमाएका छन् ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ ।

    बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।


    प्रतिक्रिया दिनुहोस