काठमाडौं । दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पहिरोले पुरिएका चार जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
शनिबार बिहान गेटहरु कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन माथिबाट खसेको पहिरोले भत्किँदा दुई जना नेपाली सेना र दुई जना जलविद्युत् आयोजनाका कर्मचारीहरु पुरिएका थिए ।
पहिरो गएको स्थानमा उद्धार टोली पुग्न पनि नसकेको र चार जनाको अवस्था पनि थाहा हुन नसकेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।