आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • झ्याप्ले खोला पहिरो: पुरिएको बसबाट थप १० जनाको शव निकालियो


    हुलाक प्रेस

    • आइतबार, असोज १३ २०८१११:२६
    झ्याप्ले खोला पहिरो: पुरिएको बसबाट थप १० जनाको शव निकालियो

    काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ ।

    सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले आइतबार ८ पुरुष र २ महिला गरी १० जनाको शव निकालिएको जानकारी दिए । 

    यसअघि शनिबार राति १४ जनाको शव निकालिएको थियो । यससँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु भएकाहरुको संख्या २५ पुगेको सशस्त्र प्रहरीले जनाएको छ । पहिरोमा बस र माइक्रोबसहरु पुरिएको बताइएको छ भने अझै पनि उद्दार कार्य जारी रहेको छ । 


    प्रतिक्रिया दिनुहोस