आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बाढीपहिरो र डुबानमा परी १९२ जनाको मृत्यु, ३० बेपत्ता


    हुलाक प्रेस

    • सोमबार, असोज १४ २०८१०९:१०
    बाढीपहिरो र डुबानमा परी १९२ जनाको मृत्यु, ३० बेपत्ता

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको छ । ३० जना बेपत्ता भएका छन् । 

    प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । 

    बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले बताए । 

    बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उनको भनाइ छ ।  

    सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । रासस


    प्रतिक्रिया दिनुहोस