आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिए


    हुलाक प्रेस

    • सोमबार, असोज १४ २०८११०:५६
    धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिए

    काठमाडौँ । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानेको छ । 

    धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले बताए । 

    मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । प्रवक्ता तिवारीले दुवै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको दाबी गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस