आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मीनबहादुर गुरुङलाई प्रधानमन्त्रीले भने– धन त अरूसँग पनि छ, मन भएको तपाईं हुनुहुन्छ


    हुलाक प्रेस

    • सोमबार, असोज १४ २०८११०:१५
    मीनबहादुर गुरुङलाई प्रधानमन्त्रीले भने– धन त अरूसँग पनि छ, मन भएको तपाईं हुनुहुन्छ

    काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भाटभटेनीका अध्यक्ष गुरुङ दम्पतीले चेक हस्तान्तरण गरेका थिए ।

    छोटो भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङलाई ‘मनकारी व्यवसायी’ भनेका थिए । “धन त अरुसँग पनि छ, मन भएको तपाईं हुनुहुँदो रहेछ,” प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै गुरुङले भने ।

    प्रधानमन्त्री ओलीले गुरुङ दम्पतीले दिएको चेक तत्कालै गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरिएको गुरुङले जनाएका छन् ।

    “मुलुक अप्ठेरो परेको बेलामा निजी क्षेत्रले सहयोग गर्नुपर्छ,” उनले भने, “मैले प्रधानमन्त्रीलाई भेटेर घोषणा गरेको एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ हस्तान्तरण गरेको छु ।”


    प्रतिक्रिया दिनुहोस