बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनचाँदीको मूल्य घट्यो


    हुलाक प्रेस

    • मंगलबार, असोज १५ २०८१११:०१
    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस