आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु


    हुलाक प्रेस

    • मंगलबार, असोज १५ २०८१११:०९
    दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु

    काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकखण्ड भासिदा हिजो रातीदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।  

    रातभर दुइवटा डोजर प्रयोग गरेर सडक सुचारु गराइएको हो । दुइतर्फी सडक सुचारु गराउन काम भइरहेको जनाइएको छ । बर्दघाट–४ दाउन्ने जंगलस्थीत खुर्सानीखोलामा सडक माथिको पर्खाल भत्किएर हाइटेन्सन लाइन ढलेको थियो भने तीन मिटर सडक भासिएको थियो ।

    अहिले सवारी साधनको दुवैतर्फ लामो लाम छ । पहिले यात्रुवाहक सवारीलाइ पहिलो प्राथमिकतामा दिएर गन्तव्यतर्फ पठाउन सुरु भएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस