आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बाढीपहिरो र डुबान : २१७ जनाको मृत्यु, २८ बेपत्ता


    हुलाक प्रेस

    • मंगलबार, असोज १५ २०८१११:१५
    बाढीपहिरो र डुबान : २१७ जनाको मृत्यु, २८ बेपत्ता

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म मृत्यु हुनेको संख्या २१७ पुगेको छ । २८ जना बेपत्ता छन् ।

    १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उनले बताएका छन् । 

    सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए । रासस


    प्रतिक्रिया दिनुहोस