काठमाडौं । रुकुम पूर्वमा फेरि भूकम्पको अर्को धक्का महसुस गरिएको छ । आइतबार अपराह्न ४:४७ बजे हुकाम आसपास केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि आजै दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।