आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • भारी वर्षाको सम्भावना भएकाले यात्रा गर्दा सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह


    हुलाक प्रेस

    • बुधबार, असोज १६ २०८११०:१५
    भारी वर्षाको सम्भावना भएकाले यात्रा गर्दा सतर्कता अपनाउन  विपद् प्राधिकरणको आग्रह

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।

    प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस