आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंमा बिहानैदेखि वर्षा शुरु, दिउसो धेरै वर्षा हुने सम्भावना


    हुलाक प्रेस

    • बिहीबार , असोज १७ २०८१०८:०९
    काठमाडौंमा बिहानैदेखि वर्षा शुरु, दिउसो धेरै वर्षा हुने सम्भावना

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । 

    कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    विभागले दिउँसो कोसी, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

    देशभर मनसुनी वायुको प्रभाव छ । भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस