आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दशैंभर बिहान साढे ४ बजेदेखि मध्यराति १२ बजेसम्म विमानस्थल खुल्ने


    हुलाक प्रेस

    • बिहीबार , असोज १७ २०८१०८:४८
    दशैंभर बिहान साढे ४ बजेदेखि मध्यराति १२ बजेसम्म विमानस्थल खुल्ने

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ ।

    हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४:३० देखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन हुने भएका हुन् ।

    प्राधिकरणले आवश्यकताअनुसार उडान समय थप हुन सक्ने पनि जनाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा, नेपालगन्ज लगायतका विमानस्थलमा बिहान ६ देखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

    अविरल वर्षापछिको बाढी पहिरोले हवाई सेवामा यात्रुको चाप रहेको छ ।


    प्रतिक्रिया दिनुहोस