आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा, सतर्क रहन आग्रह


    हुलाक प्रेस

    • बिहीबार , असोज १७ २०८१०९:४४
    इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा, सतर्क रहन आग्रह

    काठमाडौँ । कोशी प्रदेशमा गएरातीदेखि नै धेरै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

    पछिल्लो ६ घण्टामा इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा भएकोले त्यस आसपास भइ बहने नदी तथा खोलामा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

    साथै पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ । यी क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    उदयपुर, रामेछाप, सिन्धुली, मकवानपुर, सप्तरी, सिरहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ ।


    प्रतिक्रिया दिनुहोस