आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मनसुनजन्य विपद्का कारण उपत्यकामा ६६ जनाको मृत्यु, देशभर ९९ वेपत्ता


    हुलाक प्रेस

    • बिहीबार , असोज १७ २०८११०:०५
    मनसुनजन्य विपद्का कारण उपत्यकामा ६६ जनाको मृत्यु, देशभर ९९ वेपत्ता

    काठमाडौँ । असोज ११ र ११ मा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर काठमाडौँ उपत्यकामा मात्र ६६ जनाले ज्यान गुमाएका छन् । उपत्यकामा सबैभन्दा धेरै मृत्यु ललितपुरमा भएको छ । ललितपुरमा ४४ जना, काठमाडौँमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    प्रहरी प्रधान कार्यालयको अनुसार हालसम्म देशभर २३६ जनाको मृत्यु पुष्टि भएको छ । कोशी प्रदेशमा २० जना, मधेसमा ९ जना, बागमतीमा १३९ जना र लुम्बिनीमा २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा पनि २ जनाको मृत्यु भएको छ । 

    बाढी र पहिरोमा परेर १९ जना बेपत्ता भएका नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले बताए । देशभरबाट सेना, सशस्त्र, प्रहरी र स्वयंसेवकहरूले १७ हजार १३१ जनाको उद्धार गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस