बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा


    हुलाक प्रेस

    • शनिबार, असोज १९ २०८१०८:०६
    यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा

    काठमाडौं । कासी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।   

    विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ । 

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तरी भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
     


  • सम्बन्धित विषय:

  • # मौसम
  • प्रतिक्रिया दिनुहोस