आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • हेटौंडाबाट ८ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ


    हुलाक प्रेस

    • शनिबार, असोज १९ २०८१११:१४
    हेटौंडाबाट ८ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ

    हेटौंडा । हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् ।

    आज शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

    बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस