आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बाढीपहिरोमा परी काभ्रेमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, असोज २० २०८१०२:०९
    बाढीपहिरोमा परी काभ्रेमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु

    काभ्रे । हालैको बाढीपहिरोमा परी काभ्रेमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्। 

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन्। हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन्। तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ। 

    यसैबीच, हराएकाहरूको खोजी तथा प्रभावित परिवारलाई राहत रामग्री वितरण  जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए। रासस


    प्रतिक्रिया दिनुहोस