शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुनचाँदीको मूल्य घटयो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • सोमबार, असोज २१ २०८१११:०२
    सुनचाँदीको मूल्य घटयो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस