शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बाढीपहिरोको कारण अर्बौको धनजनको क्षति, बीमा कम्पनीमा ७ अर्ब २८ करोडको दाबी पेश हुने अनुमान


    विद्या राजपुत

    • सोमबार, असोज २१ २०८१०९:४४
    बाढीपहिरोको कारण अर्बौको धनजनको क्षति, बीमा कम्पनीमा ७ अर्ब २८ करोडको दाबी पेश हुने अनुमान

    काठमाडौं । नेपालमा पछिल्लो समय देशभर आएको भिषण वर्षाका कारण अर्बौ रुपैयाँको क्षति भएको छ । बाढी पहिरोका कारण धनजनको क्षतिसँगै बीमा कम्पनीमा क्षतिपूर्ति दावी पर्ने देखिएको छ।

    नेपाल बीमा प्राधिकरणका अनुसार बाढी पहिरोका कारण भएको क्षतिमा निर्जीवन बीमकहरुमा ७ अर्ब २८ करोड रुपैयाँको दाबी भुक्तानी माग हुने अनुमान गरेको छ ।  

    प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुमा आएको दाबी विवरण तथा बाढी पहिरोले पुगेको क्षतिको प्रारम्भिक निरीक्षणबाट ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँको दाबी माग हुने अनुमान गरिएको हो ।

    प्राधिकरणका अनुसार प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम सर्वाधिक सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कुल ३१९ वटा दाबी वापत १ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको बीमा दाबी पर्ने अनुमान गरिएको छ ।  

    त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा कुल १४७ वटा दाबी वापत १ अर्ब ४४ करोड १० लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्समा कुल २१६ वटा दाबी वापत १ अर्ब १७ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा दाबी पर्ने अनुमान गरिएको छ ।  

    यसका साथै नेको इन्स्योरेन्समा २२३ वटा बीमा दाबीको ८९ करोड ८४ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २९१ वटा दाबीको ६३ करोड रुपैयाँ, शिखर इन्स्योरेन्समा ३२२ वटा दाबीको ४६ करोड ५८ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २५ वटा दाबीको २३ करोड ६६ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलमा २४८ वटा दाबीको २० करोड ६४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १२८ वटा दाबीको १५ करोड २४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६० वटा दाबीको १२ करोड ६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा ८३ वटा दाबीको ४ करोड १७ लाख रुपैयाँ, सानिमा जिआइसीमा ८८ वटा दाबीको २ करोड ८६ लाख रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ ।  

    यसका साथै लघु बीमा कम्पनीहरुमा समेत बीमा दाबी माग पर्ने देखिएको छ । प्राधिकरणका अनुसार स्टार माइक्रो इन्स्योरेन्समा ७ वटा दाबीको ६१ लाख रुपैयाँ बराबरको दाबी पर्ने देखिएको छ ।  

    त्यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४ वटा दाबीको ९ लाखरुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा ३ वटा दाबीको ४ लाख रुपैयाँ र प्रोटेक्टिम माइक्रो इन्स्योरेन्समा ३ वटा दाबीको १ लाख ३० हजार रुपैयाँ बीमा दाबी पर्ने अनुमान गरिएको छ ।




    प्रतिक्रिया दिनुहोस