आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कस्तो रहला आज दिनभरको मौसम ?


    हुलाक प्रेस

    • मंगलबार, असोज २२ २०८१०७:५४
    कस्तो रहला आज दिनभरको मौसम ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

    बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ । 

    देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ । 


    प्रतिक्रिया दिनुहोस