आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः कुन- कुन प्रदेशमा छ वर्षाको सम्भावना


    हुलाक प्रेस

    • बुधबार, असोज २३ २०८१०८:०१
    आजको मौसमः कुन- कुन प्रदेशमा छ वर्षाको सम्भावना

    काठमाडौं । कोसी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । कोसीमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेश प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    विभागले राति कोसी र मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोसी, मधेस र वाग्मती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत मधेस र वाग्मती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।


    प्रतिक्रिया दिनुहोस