आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , असोज २४ २०८१०८:२४
    जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

    काठमाडौँ । दाङ र कैलाली जिल्लाबाट जुवातास खेलिरहेका १७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

    दाङको तुलसीपुर उपमहानगरपालिका-१९ कुटिचौर शान्ति कर्मकोट सामुदायिक वनस्थित जङ्गलभित्र जुवातास खेलिरहेको अवस्थामा घोराही उपमहानगरपालिका-१२ बस्ने ३३ वर्षीय जिवराज रावत समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार १ सय १० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

    यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-५ लव्ली चोक बस्ने ४२ वर्षीय मैते डगौरा थारूको सौरभ एन्ड सौगात नास्ता पसलमा जुवातास खेलिरहेको मैते डगौरा समेत १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ६५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


    प्रतिक्रिया दिनुहोस