आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दशैमा काठमाडौंमा प्रहरीको निःशुल्क बस सेवा, यस्तो छ रुट


    हुलाक प्रेस

    • बिहीबार , असोज २४ २०८१०८:०३
    दशैमा काठमाडौंमा प्रहरीको निःशुल्क बस सेवा, यस्तो छ रुट

    काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरीले यो वर्षको महाअष्टमी/महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । रुट नम्बर–१ अन्तर्गत नयाँ बसपार्क, बालाजु, बल्खु, सातदोबाटो, लगनखेल, थापाथली, पुतलीसडक, नक्साल, टिचिङ, चक्रपथ हुँदै बस सञ्चालन गरिनेछ ।

    रुट नम्बर–२ अन्तर्गत एयरपोर्ट, कोटेश्वर, ठिमी, सूर्यविनायक, गौशाला, चाबहिल, चक्रपथ, बालुवाटार, नक्साल, रातोपुल हुँदै बस सञ्चालन गरिने प्रहरीले जनाएको छ । दुवै रुटमा बिहान र अपराह्न गरी दुई सिफ्टमा बस सेवा सञ्चालन गरिने जनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस