आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मकवानपुरमा करेन्ट लागेर दुई बालिकाको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, असोज २६ २०८१०५:०६
    मकवानपुरमा करेन्ट लागेर दुई बालिकाको मृत्यु

    मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, चिसापानीमा शनिबार करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ ।

    चिसापानी पश्चिम–दक्षिणस्थित कभर्ड हलछेउमा जडित ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट भएको थियो । र, पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

    उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ की सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

    सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए । बेहोस भएका दुवै बालिकालाई उपचारका निम्ति हेटौँडा अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस