आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • जनकपुरमा रावण बध गरियो


    हुलाक प्रेस

    • आइतबार, असोज २७ २०८१०७:२३
    जनकपुरमा रावण बध गरियो

    धनुषा । विजयादशमीको अवसरमा जनकपुरधाममा शनिबार रावण बध गरिएको छ । भगवान् रामको ससुराली मानिने जनकपुरधाममा मेला हेर्न विभिन्न स्थानबाट भक्तजन जम्मा भएका थिए ।

    भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुसियालीमा जनकपुरधाममा प्रत्येक वर्ष रावण बध मेला लाग्ने गर्छ । विजयदशमीको अन्तिम दिन साँझ रावण, मेघनाथ, कुम्भकर्णको प्रतीमा निर्माण गरी राम मन्दिरका महन्त बाबा राम गिरीले रावण बध गरे ।

    जनकपुरधामस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतीमा निर्माण गरिएको थियो । महावीर युवा कमिटी जनकपुरधामको आयोजनामा पछिल्लो १५ वर्षदेखि रावण वध कार्यक्रम हुँदै आएको छ ।

    रावण बध कार्यक्रममा मधेस प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, पूर्वनगरप्रमुख लालकिशोर साहसहित उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति थियो । रासस


    प्रतिक्रिया दिनुहोस