बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बाढीपहिरोका कारण बिमा कम्पनीले साढे सात अर्ब तिर्नुपर्ने प्रारम्भिक अनुमान


    हुलाक प्रेस

    • मंगलबार, असोज २९ २०८१०१:१२
    बाढीपहिरोका कारण बिमा कम्पनीले साढे सात अर्ब तिर्नुपर्ने प्रारम्भिक अनुमान
    फाइल तस्वीर

    काठमाडौं । असोज दोस्रो साता गएको बाढीपहिरोका कारण साढे सात अर्बको बिमा दाबी रकम पर्ने प्रारम्भिक अनुमान गरिएको छ । 

    असोज १० देखि २२ गतेसम्म तीन अर्ब ८१ करोड ७९ लाख रुपैयाँ दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ । बिमा कम्पनीले एक हजार ३७५ दाबीमध्ये ७० दाबीबापतको ७८ लाख ६५ हजार रकम भुक्तानी गरेका छन् । 

    सबैभन्दा बढी दाबी रकम सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पर्ने प्रारम्भिक अनुमान गरिएको छ । यो कम्पनीमा एक अर्ब ९३ करोड ७८ लाख रुपैयाँ दाबी पर्ने अनुमान गरिएको छ । 

    त्यसैगरी दोस्रोमा दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ४५ करोड रुपैयाँ दाबी पर्ने अनुमान गरिएको छ ।

    हालसम्म सबैभन्दा बढी सम्पत्ति बिमालेखमा दाबी परेको छ । यो बिमालेखअन्तर्गत दुई अर्ब ६५ करोड २३ लाख रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ । त्यसैगरी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमालेखअन्तर्गत ९६ करोड ८१ लाख ६० हजार रुपैयाँ दाबी परेको छ ।

    पशुपन्छी, निजी र सार्वजनिक मोटर बिमा, सम्पत्ति बिमा र सामून्द्रिक बिमाअन्तर्गत ७८ लाख ६५ हजार रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । 

    beema.png


    प्रतिक्रिया दिनुहोस