बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • मंगलबार, असोज २९ २०८१०१:१७
    सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य पुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ४०० रुपैयाँ बढेर एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 


    प्रतिक्रिया दिनुहोस