बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विदेश पढन विद्यार्थीले दुई महिनामा २८ अर्ब १६ करोड लगे


    हुलाक प्रेस

    • मंगलबार, असोज २९ २०८१०७:५९
    विदेश पढन विद्यार्थीले दुई महिनामा २८ अर्ब १६ करोड लगे

    काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा पढ्न २८ अर्ब बढी मुद्रा लगेका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले २८ अर्ब १६ करोड लगेका हुन् ।

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो आर्थिक वर्षको दुई महिनामा शिक्षामा २३ अर्ब ३३ करोड विदेशिएको थियो ।

    यस्तै, साउन र भदौमा सेवा आय २८ अर्ब २० करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा २५ अर्ब २३ करोड घाटामा थियो । 


    प्रतिक्रिया दिनुहोस