आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, असोज ३० २०८१०८:५०
    डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु

    डडेलधुरा । डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । 

    महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।  

    दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए । 

    दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।  

    प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई  उपचारका लागि धनगढी पठाइएको छ ।

    अन्य घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस


    प्रतिक्रिया दिनुहोस