शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • प्रणालीलाई दोष दिने होइन, हामी सुध्रिनुपर्छः सरकारका प्रवक्ता


    हुलाक प्रेस

    • बुधबार, असोज ३० २०८१०९:०१
    प्रणालीलाई दोष दिने होइन, हामी सुध्रिनुपर्छः सरकारका प्रवक्ता

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने स्पष्ट गरेका छन् ।

    रेडियो नेपालको दनुवार भाषाको समाचार तथा कार्यक्रमको बुधबार शुभारम्भ गर्दै उनले समानुपातिक निर्वाचन प्रणाली हटाउन खोजिए मुलुक अर्को द्वन्द्वमा फस्ने चेतावनी दिए । मुलुकलाई अर्को द्वन्द्वमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको उनले स्मरण गरे ।

    ‘हामीले किन यो मिश्रित निर्वाचन प्रणाली अपनायौँ  प्रश्नहरू उठिराखेका छन् । यो समानुपातिक हटाउनु पर्‍यो भन्छन् । तर समानुपातिक हटायो भने हामी अर्को द्वन्द्वमा जान तयार हुनुपर्दछ । यो कुरा सबैले बुझ्नुपर्दछ,’ उनले भने । सबैलाई बराबर अधिकार दिए मात्र राष्ट्रिय एकता मजबुत हुने उनले बताए ।

    प्रणाली जुनसुकै भएपनि ठीक ढंगले चलाउन पार्टी र नेताहरूले जान्नुपर्ने उनको भनाइ थियो । गुरुङले प्रणालीमा दोष नदिई राजनीतिक नेतृत्वले व्यवहारमा, आचरणमा र शैलीमा दोष खोज्नुपर्ने बताए । राजनीतिक दलका नेताहरु सुध्रिएर जानुपर्ने उनको भनाइ थियो ।


    प्रतिक्रिया दिनुहोस