काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले बिहीबार रिट खारेज नगरेर जीवित राख्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चको संयुक्त इजलासको यो आदेशपछि बार र बेन्चका बिचमा जारी रहेको तनाव कायमै हुने देखिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले आफूले प्रतिवेदन फिर्ता लिने घोषणा गरेपनि यो मुद्दाको प्रक्रिया अघि बढेको हो ।