आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना, १४ जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २ २०८१०९:०९
    दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना, १४ जनाको मृत्यु

    विराटनगर । दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैंको अवधिमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

    घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

    दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उनले बताए । प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको  थियो भने १६ जना घाइते भएका थिए ।

    सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको  थियो भने सात जना घाइते भएका थिए । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ ।

    बाह्र दिनमा सात हजार ५९१ वटा सवारी कारबाहीमा परेका छन् भने ५१ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा दसैंका बेलामा ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएको थियो । रासस


    प्रतिक्रिया दिनुहोस