बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २ २०८१०२:१४
    सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।  

    यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

    यसअघि कात्तिक १ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।    

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।


    प्रतिक्रिया दिनुहोस