बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बीबीसीको १ सय प्रभावशाली महिला सूचीमा नेपालबाट रुक्साना कपाली


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ५ २०८००८:१६
    बीबीसीको १ सय प्रभावशाली महिला सूचीमा नेपालबाट रुक्साना कपाली

    काठमाडौं । बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन् । 

    ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।  कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् । बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्।

    १०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन् । 


    प्रतिक्रिया दिनुहोस