बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सेवा रेमिटको अनुमतिपत्र खारेज


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २ २०८१०२:४९
    सेवा रेमिटको अनुमतिपत्र खारेज

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले शुक्रबार (आज) एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।

    नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ ।

    बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्यहोरा सूचनामा उल्लेख छ । रासस


    प्रतिक्रिया दिनुहोस