बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दियो, आजै बेलुकी अमेरिका उड्ने


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २ २०८१०३:०९
    सन्दीप लामिछानेलाई अमेरिकाले  भिसा दियो, आजै बेलुकी अमेरिका उड्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

    उनी शुक्रबार (आज) बेलुकी अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघले जनाएको छ । 

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा आईसीसी सीडब्लूसी लिग प्रतियोगितामा हुन गइरहेको छ । 

    सोही प्रतियोगितामा सहभागी हुन लामिछाने अमेरिका जान लागेका हुन् । यसअघि अमेरिकाले लामिछानेलाई भिसा दिएको थिएन, जतिबेला उनीमाथि बलात्कारको मुद्दा अदालतमा चलिरहेको थियो । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाई दिएपछि अमेरिकाले उनलाई भिसा दिएको हो ।  


    प्रतिक्रिया दिनुहोस