काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएको छ । त्योसँगै सीआईबीबाट एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोली रास्वपाको पार्टी कार्यालयमा जाने तयारी गरिरहेको छ ।