आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २ २०८१०७:१२
    सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । 

    जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी),उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको हो । 

    लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले शुक्रबार प्रहरीलाई अनुमति दिएको थियो । 

    अदालतबाट अनुमति पाएलगत्तै कास्की प्रहरीले उनलाई पक्राउ गरेर पठाइदिन काठमाडौंका प्रहरी कार्यालयमा पत्र पठाएको थियो । 


    प्रतिक्रिया दिनुहोस