आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने !


    हुलाक प्रेस

    • शनिबार, कात्तिक ३ २०८१०५:०९
    ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने !

    काठमाडौं । सवारी चालक अनुमतिका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ । ट्रायल पास गरेपछि अब नागरिक एपमा सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ ।

    सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ ।

    "यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ," प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

    ओलीका अनुसार, भोलिदेखि नै वाग्मती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ ।

    "नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको छ । कुनै पनि कामका लागि लाइन बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ," ओलीले भनेका छन् ।


    प्रतिक्रिया दिनुहोस