आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सातदोबाटोमा गुडिरहेको बसमा आगलागी


    हुलाक प्रेस

    • शनिबार, कात्तिक ३ २०८१०९:०५
    सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

    काठमाडौं । ललितपुरस्थित सातदोबाटोमा गुडिरहेको बसमा आगलागी भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । शनिबार अपराह्नतिर महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको हो ।

    सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक तार ‘सर्ट’ भएर आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले जानकारी दिए ।

    बसमा आगलागी  भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ । 


    प्रतिक्रिया दिनुहोस