आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पाथीभरामा एकै दिन ६ हजार भक्तजनले दर्शन गरे


    हुलाक प्रेस

    • शनिबार, कात्तिक ३ २०८१०९:११
    पाथीभरामा एकै दिन ६ हजार भक्तजनले दर्शन गरे

    काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन करिब ६ हजार दर्शनार्थी पुगेका छन् । दसैँको टीकापछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन पाँच हजार ९ सय ८३ जना भक्तजन पुगेका हुन् ।

    पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोजभरको तुलनामा बढी हो । यही असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन पाथीभरा आएका थिए ।

    दसैँअघि बाढी र पहिरोले देशका विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा पाथीभरामा भक्तजनको आगमन न्यून थियो ।

    पाथीभरामा विशेषगरी बडादसैँ र चैतेदसैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ । पाथीभराको मुख्य ‘सिजन’ मानिने यो समयमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक तयारीहरू समेत गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताएका छन् । 


  • सम्बन्धित विषय:

  • # पाथीभरा
  • प्रतिक्रिया दिनुहोस