बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ४ २०८१०२:१९
    सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो

    गण्डकी । सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । 

    शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो ।

    सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । अदालत जानुपूर्व सभापति लामिछानेले कानुनी प्रकृयालाई सहयोग प्रतिक्रिया दिएका थिए । 

    पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु जिवी राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा उनीमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सभापति लामिछानेलाई काठमाडौँमा पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।
    रासस


    प्रतिक्रिया दिनुहोस