शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • फेरी बढ्यो सुनको मुल्य,  एक लाख ६५ हजार तोलामा कारोबार


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ४ २०८१०२:२८
    फेरी बढ्यो सुनको मुल्य,  एक लाख ६५ हजार तोलामा कारोबार
     
    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ । 
     
    महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो । 
     
    त्यस्तै चाँदीको मूल्य तोलामा रु ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस