बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अन्डाको मूल्य ५० देखि ६५ रुपैयाँले भाउ बढ्यो


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ४ २०८११०:१४
    अन्डाको मूल्य ५० देखि ६५ रुपैयाँले भाउ बढ्यो

    काठमाडौं । अन्डाको मूल्य चार दिनमै वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो ।

    ३० असोजमा प्रतिक्रेट ४२० रुपैयाँ रहेको एक्स एल (सबैभन्दा ठूलो) अन्डाको मूल्य आइतबारदेखि ४७० रुपैयाँ पुगेको छ । यस्तै ३९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ पुगेको संघले जनाएको छ । मिडियम साइजको अन्डाको मूल्य भने ४४० रुपैयाँ प्रतिक्रेट रहेको छ ।


    प्रतिक्रिया दिनुहोस