आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • डिआईजी राणा एआईजीमा बढुवा सिफारिस,  १५ कात्तिकबाट अनिवार्य अवकाश हुने


    हुलाक प्रेस

    • सोमबार, कात्तिक ५ २०८१०२:२६
    डिआईजी राणा एआईजीमा बढुवा सिफारिस,  १५ कात्तिकबाट अनिवार्य अवकाश हुने

    काठमाडौँ । प्रहरी नायब महानिरीक्षक डिआइजी किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

    गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो । राणालाई प्रहरी नियमावली, २०७१ संशोधनसहितको नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए  ।

    उनी यही कात्तिक १५ गतेबाट अनिवार्य अवकाश जाँदैछिन् । 

    ५६ वर्षे उमेर हदका कारण उनी अनिवार्य अवकाशमा जान लागेकी हुन्।

    राणा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छिन् ।


    प्रतिक्रिया दिनुहोस