आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • चितवन कारागारमा चाप बढेपछि १६ जना कैदीबन्दीको विभिन्न जिल्लामा स्थानान्तरण 


    हुलाक प्रेस

    • सोमबार, कात्तिक ५ २०८१०२:४७
    चितवन कारागारमा चाप बढेपछि १६ जना कैदीबन्दीको विभिन्न जिल्लामा स्थानान्तरण 

    चितवन । चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।
     
    कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठ जनालाई रसुवा, सात जनालाई काठमाडौँ र एक जनालाई तनहुँ स्थानान्तरण गरिएको छ । उनीहरुमध्ये ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ  तथा अन्यलाई उनीहरुको इच्छाअनुसार स्थानान्तरण गरिएको उनले बताए ।  

    यहाँ सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले जिल्लास्थित कारागारमा अन्य जिल्लाबाट कैदीबन्दी ल्याउँदा चाप बढेको हो ।

    दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ८४ कैदीबन्दी रहेका छन् । यस्तै २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरुसँग आश्रित तीन बालबालिका र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ३३ जना रहेका छन् । 

    “नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० मा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी यहाँ ल्याइने हुँदा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता छ”, सूचना अधिकारी ढुङ्गानाले भने । रासस


    प्रतिक्रिया दिनुहोस