आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सुनकोसी नदीमा सेनाले बेलीब्रिज जडान गरेपछि चल्न थाल्यो गाडी


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ६ २०८१०६:०२
    सुनकोसी नदीमा सेनाले बेलीब्रिज जडान गरेपछि चल्न थाल्यो गाडी

    काठमाडौं । नेपाली सेनाले खुर्कोटस्थित सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न गरेको छ । बेलीब्रिज जडान भएसँगै मंगलबारबाट आवागमन सुचारु भएको छ ।

    “सिन्धुली जिल्लास्थित गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोसी नदी माथि रहेको पुल पुनर्निर्माणपछि आजबाट यातायात आवागमन सुचारु भएको छ,” नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    गत असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चात्‌को बाढीका कारण सुनकोसी नदीमाथि रहेको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाएको थियो । त्यसपछि आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो ।


    प्रतिक्रिया दिनुहोस