बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , असोज ११ २०८०१०:१२
    दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ

    काठमाडौं । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

    बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    प्रहरी स्रोतका अनुसार सुनसहित तीन जना पक्राउ पनि परेका छन् । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोतले बतायो ।

    यसबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । इलाका प्रहरी कार्यालय सिंगटी स्रोतले भने सुनजस्तो देखिने चार पिस पहेंलो धातु बरामद भएको जनायो । उक्त पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस