काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा बिहीबारदेखि सुरु भएको केपी ओली टी–२० कप क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन्।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा सुरु प्रतियोगिताको उद्घाटन गर्न एमाले अध्यक्ष ओली पोखरा पुगेका हुन्।
पोखरा रंगशाला भित्र रहेको क्रिकेट मैदानमा सुरु प्रतियोगितामा तिन विभागसहित ७ प्रदेश र आयोजकको दुई टोली गरि १२ टोली सहभागी छन्।